सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

उदयपुरमा सेवा लिन खोपकार्ड अनिवार्य

उदयपुर – उदयपुरको अधिकांश सरकारी तथा वित्तिय संस्थाहरुमा सेवा लिन जाँदा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रवेश पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले गत आइतबारदेखि खोप कार्ड र माक्स अनिवार्य गरेको छ । खोप कार्ड नहुने र मास्क नलगाउने सेवाग्राहीलाई मूल ग्रेटबाट नै फकाईने गरेको छ ।

त्यसैगरी अन्य सरकारी कार्यालय तथा नेपाल ईन्भेष्टमेण्ट बैंक गाईघाट शाखा, राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखा लगायतमा खोप कार्ड र मास्क अनिवार्य गरेको हो । खोप कार्ड र मास्क नलगाइ गएका सेवाग्राहीले सेवा लिन पाउँदैनन् । अधिकांश सरकारी कार्यालयहरूले सो निणर्य गरेको जनाएका छन्  ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आएको सेवाग्राहीलाई मात्रै सेवा लिन कार्यालय प्रबेश गर्न सुरक्षाकर्मीले दिने गरेका हुन् ।