कर्णालीमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत - राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका उमेद्वार विजयी भएका छन् । बुधवार सम्पन्न राष्ट्रिय सभाका सदस्य निर्वाचनमा संयुक्त गठबन्धनका दुर्गा गुरुङ, नरबहादुर बिष्ट र उदय बोहोरा विजयी भएका हुन् । कर्णालीमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्यतर्फ गरी तीन वटा कलस्टरका तीन सीटका लागि निर्वाचन भएको थियो । गुरुङले दुई हजार नौ सय ७० तथा बिष्ट र बोहोरा समान ३ हजार ६ मतभार प्राप्त गरेका छन् ।
महिलातर्फ नेपाली काँग्रेसकी गुरुङ, अपांगत्ता वा अन्यतर्फ माओवादी केन्द्रका बिष्ट र अन्यतर्फ एकीकृत समाजवादीका बोहोराले उम्मेदवारी दिएका थिए । प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेका अनुसार निर्वाचनमा सत्ता गठबन्धनका संयुक्त उमेद्वार तीन र एमालेका तीन जना उमेद्वारले भाग लिएका थिए । एमालेबाट महिला तर्फ गंगा थापा, अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फबाट पदमबहादुर माझी र अन्य तर्फ चुडामणि शर्मा उमेद्वार थिए । माझीले १ हजार ३ सय ९८ तथा महत र शर्माले समान १ हजार ४ सय ६ मतभार प्राप्त गरेका छन् ।
अपांगतर्फको १ मत र महिला तर्फको २ मत बदर भएको निर्वाचन अधिकारी चालिसेले जानकारी दिए । उनका अनुसार बदर भएका तीन वटै मत स्थानीय तहका प्रमुख उपप्रमुख तर्फका हुन् । कर्णालीमा एक सय ९१ मतदाता संख्या रहेकोमा १ सय ८९ जनाले मतदान गरेका छन् ।
प्रदेशसभाका ३५ र गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुख १ सय ५६ मतदाता रहेका थिए । त्यसमध्ये राप्रपाकी प्रदेश सभा सदस्य शोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) मतदानमा अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
आफ्ना उमेद्वार नउठाएको राप्रपाले मतदानमा सहभागी नहुने निर्णय गरेकोले निर्वाचनमा सहभागी नभएको प्रदेश सांसद शाहीले बताइन् । यता उपप्रमुख नेपाली दुई बर्षअघि अमेरीका गएर उतै बसेकी छन् । प्रदेश निर्वाचन कार्यालयमा दुई वटा मतदान केन्द्रबाट विहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो ।

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिक्रिया