सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

प्रदेश १ मा अन्यतर्फ एमालेका बराल र गठबन्धनका बस्नेतको मत बराबरी

विराटनगर -  राष्ट्रियसभा निर्वाचन अन्तरगत प्रदेश १ मा अन्यतर्फको मतगणना हुँदा नेकपा एमालेका गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको मत बराबरी भएको छ।

दुवैले समान ४ हजार ४८८ मत प्राप्त गरेका छन् ।