शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी

तस्बिर : राष्ट्रिय सभा सदस्यमा निर्वाचित तीनै जना उम्मेद्वार मालासहित

बुटवल : लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेद्वारले  ४३७४  मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ३ हजार ३१२ मत पाएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो। जसमा एकिकृत नेकपा समाजवादीबाट राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भएका हुन् ।

एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेद्वार थिए । मतपरिणाम सार्वजनिक भएपनि निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ ।