राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतगणना हुँदै
जनकपुरधाम – राष्ट्रिय सभाको दुई सदस्य चयनका लागि मधेश प्रदेशमा भएको निर्वाचनको मतगणनाको तयारी थालिएको छ । बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा ९८ प्रतिशतभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कुल मतदाता ३७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।
बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा निर्धारित समयमा ६ जनाले मतदान नगरेको प्याकुरेलले बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेका छन् ।
निर्धारित समयमा ६ जना नआएकाले अब उनीहरुले मत खसाउन नपाउने प्याकुरेलले बताए ।
मधेस प्रदेशमा २६८ जना स्थानीय तहका मतदाता रहेकोमा १३२ पुरुष र १३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ ०२ सदस्यले मतदान गरेका छन् । मतदान सकिएसँगै अपरान्ह साढे ३ बजेपछि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया