कर्णालीमा एक सय १५ मत खस्यो

सुर्खेत : राष्ट्रियसभाको निर्वाचन अन्र्तगत कर्णालीमा पनि मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म एक सय १५ मत खसेको छ । जसमध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसद रहेका छन् ।
कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ९१ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीबाट राष्ट्रियसभाका सांसदका लागि गठबन्धनतर्फ तर्फबाट नेपाली काँग्रेसबाट दुर्गा गुरुङ, नेकपा माओवादीबाट नरबहादुर विष्ट र नेकपा एकीकृत समाजबादीको तर्फबाट उदयबहादुर बोहोराले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट चुडामणि शर्मा, पदमबहादुर माझी र गंगाबहादुर थापाले उम्मेदवारी दिएका छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया