जनतामा जाने कुरा कसरी असंवैधानिक, तानाशाही र अधिनायकवादी भयो : कोमल वली

काठमाडौं : राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक नभएको दाबी गरेकी छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै वलीले जनतामा जाने कुरा असंवैधानिक हुनै नसक्ने दाबी गरिन् । ‘जनतामा जाने कुरा कसरी असंवैधानिक भयो ? कसरी तानाशाही भयो ? कसरी अधिनायकवादी भयो ? ठूलो स्वरले कराएर भन्दैमा कोही अधिनायकवादी हुँदैन’ उनले भनिन् ।
प्रधानमन्त्रीले चालेको कदम संवैधानिक वा असंवैधानिक भनेर ब्याख्या गर्ने अधिकार अदालतलाई मात्रै भएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटन संविधानविपरीत हो, असंवैधानिक हो भन्ने कसैलाई लाग्छ भने त्यसको ब्याख्या गर्ने अधिकार हामीले संविधानलाई दिएका छौं । अदालतले गर्छ । अदालतले जे गर्छ हामी सबैले स्वीकार गर्नुपर्छ’ उनले भनिन् ।
साथै उनले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको भन्दै राष्ट्रिय सभाबाट संविधान पठाएकोप्रति पनि आपत्ति जनाइन् । सम्बोधनको अधिकांश समय प्रधानमन्त्री ओलीको बचाउमा खर्च गरेकी वलीले राष्ट्रिय सभाबाट प्रधानमन्त्रीलाई संविधान पठाइनुलाई कठै ! भन्दै टिप्प्णी गरिन् । ‘पहिलो संविधान सभाले संविधान बनाउन सकेन । दोस्रोले पनि बनाउन सक्छ भन्ने विश्वास थिएन । केपी ओली संसदीय दलको नेता बनेर आएपछि संविधान जारी हुन सम्भव भयो । त्यस्तो संविधान निर्माण गर्ने व्यक्तिलाई राष्ट्रिय सभाबाट संविधान पढ्न पठाउनु कठै! ‘हुटिट्याले सगर आँटेको सायद यसैलाई भन्छ’ ।’

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया