राष्ट्रियसभा निर्वाचन: कर्णालीमा मतदान सुरु

सुर्खेत - कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सुर्खेतस्थित दुईवटा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब सुब्बा हिरानन्द पोख्रेलले बताए । ‘दुईवटा मतदान केन्द्रमा मतदान भइरहेको छ,’ उनले भने, ‘निर्वाचन अधिकृतसहित १८ जना कर्मचारीले निर्वाचनको काम गरिरहेका छन् ।’
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही लगायतले मतदान गरिसकेका छन् । तीन सिटका नेकपा एमालेबाट तीन जना र गठबन्धनबाट तीनजना गरि ६ जनाको उम्मेदवारी परेको छ ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) अपाङ्ग, नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत) महिला, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) अन्यबाट उम्मेदवार रहेका छन् भने, नेकपा एमालेबाट चुडामणी शर्मा (सुर्खेत) अपाङ्ग, पदबहादुर माझी (दैलेख) अन्य र गंगा थापा महत (जुम्ला) महिलाबाट राष्ट्रियसभा पदका लागि उम्मेदवार रहेका छन् । मतदान सकिने विक्तिकै मतगणना जारी हुने र आजै नतिजा प्रकाशन गर्ने तयारी रहेको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया