तैमुरसँग विवाह गर्न चाहान्छिन् नोरा

मुम्बई : डान्सर अभिनेत्रीको पहिचान बनाएकी नोरा फतेहीले तैमुर अलि खानसँग विवाह गर्ने इच्छा जाहेर गरेकी छिन् । करिना कपुरको सो ‘ह्वाट वुमन वान्ट’मा करिनासँगै कुराकानी गर्ने क्रममा उनले यस्तो इच्छा जाहेर गरेकी थिइन्् । ‘तैमुर ठूलो भएपछि उसले मान्यो भने उसँग विवाह गर्ने हो,’ नोराले करिनाको विवाह सम्बन्धी प्रश्नमा भनेकी थिइन् ।
नोराको कुराले हैरान भएकी करिनाले तैमुर जम्मा ४ वर्षको भएको बताइन् । नोराको जवाफ थियो, ‘केही छैन म कुर्न तयार छु ।’ कुराकानीका क्रममा नोराले सैफ अलि खानको पनि तारिफ गरेकी थिइन् । नोराका अनुसार सैफको उनलाई नृत्य शैली अति नै मन पर्छ ।
क्यानेडियनकी मुलकी नोरा मूलतः आइटम नृत्यका कारण बलिउडमा चर्चित छिन् । हिन्दीसँगै मलयालम र तमिल फिल्ममा काम गरेकी नोराले ‘बाहुबली’, ‘किक २’, ‘स्त्री’, ‘सत्यमेव जयते’ आदि फिल्ममा आइटम गरेकी थिइन् । ‘सत्यमेव जयते’मा समावेश ‘दिलबर दिलबर’ बोलको गीत उनलेआइटम गरेमध्ये सबैभन्दा चर्चित गीत हो । उनले ‘भारत’ ‘बाटला हाउस’ आदि फिल्ममा अभिनय गरेकी छिन् ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_g4VACZqKqB_go5mwgtmt477p6wmey5r07vgz4qjf2fgulerzr9jcdwcgk6uyokexje5qena.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया