सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ - देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ । सुदूरपश्चिमका एकरदुई स्थानमा हल्का वर्षा भएको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।
राति पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली हुनेछ । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आँकलन मौसमविदले गरेका छन् ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया