गण्डकीमा ९३५ जना कोभिड सङ्क्रमित थपिए

पोखरा - गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३५ जना कोभिड सङ्क्रमित थपिएका छन् । यस अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार प्रदेशमा कोभिड सङ्क्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या ४०७ पुगेको छ । गत पुस १७ गतेदेखि आजसम्म उक्त सङ्ख्यामा स्वास्थ्यकर्मीहरू सङ्क्रमित बन्नुभएको र सबै होम आइसोलेसनमा रहेको उनको भनाइ छ । रासस

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया