काठमाडौं विश्वविद्यालयमा विद्यार्थी संगठनकाे आन्दोलन स्थगित
काठमाडौं – संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौं र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
पुस १० गते काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होटल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन पाठन लगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरुलाई निशर्त कक्षामा सहभागी गराउने सहमति भएको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका हुन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया