सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

काेभिड पुष्टि भएपछि अस्पताल भर्ना भएकी प्रचण्ड पत्नी सीता डिस्चार्ज

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन्। कोरोना संक्रमणपछि  नेपालद मेडिसिटी अस्पताल भर्ना भएकी उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएको हुन् ।

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि सीतालाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो।

उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उपचार गरेको अस्पतालले जनाएको छ। 

आईसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोले उनलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताएको अस्पतालले जनाएको छ।

 कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले बताएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।