सत्तापक्ष र प्रतिपक्ष छुट्याउनै नसकिने अवस्था आयो : देवेन्द्र दाहाल

काठमाडौं : राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिपक्षी दल रमिते बनेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै दाहालले प्रतिपक्षलाई उछिनेर सत्तापक्षकै नेताहरू सरकारकोविरुद्धमा उत्रिएको आरोप लगाए ।
‘कम्युनिष्ट आन्दोलन यतिबेला आरोलो लागेको छ । प्रतिपक्ष साथीहरू रमिते बनिरहनु भएको छ । अझै मनोरन्जन गरिरहनु भएको छ । किनकी प्रतिपक्षलाई उछिनेर सत्तापक्षकै साथीहरू सरकारकोविरुद्धमा उत्रिनु भएको छ । मलाई कठै बरा भन्न मन लाग्छ । को सत्तापक्ष हो को प्रतिपक्ष हो छुट्याउनै नसकिने अवस्था छ ।’
उनले प्रतिनिधि सभा विघटन भएर नयाँ निर्वाचनको घोषणा भएको अवस्थामा पनि प्रतिपक्षी दलहरू चुनावमा जान डराएको बताए । ‘प्रतिनिधि सभा विघटन भएर नयाँ निर्वाचनको घोषण भएको छ । त्यसले प्रतिपक्षीलाई त राम्रो हुनुपर्ने होइन र ? अनुकल अवस्था होइन र ? सुनौलो अवसर होइन र ? जनतामा जान किन खुट्टा कमाइरहनु भएको छ ।’

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया