अस्करको युट्युब च्यानलमा आउन सूर्याले पैसा तिरेको खुलासा

मुम्बई - केही दिनअघि सूर्या अभिनीत फिल्म ‘जय भिम’को केही दृश्य युट्युब च्यानलमा आएको कुराले सर्वत्र चर्चा पायो । फिल्म निर्माण कम्पनी र सूर्या स्वयंले पनि अस्करको युट्युब च्यानलमा आउनु उच्च सम्मानको द्योतक भएको भन्दै दर्शकसामस खुसी बाँडे । तर मंगलबार अस्करलाई पैसा बुझाएर सूर्याले फिल्मको क्लिप्स अस्करको युट्युब च्यानलमा राख्न लगाएको खुलासा भएको छ ।
ट्वीटरले फिल्म निर्माण कम्पनीले ‘प्राउड मोमेन्ट’ भन्दै सेयर गरेको कुरालाई गर्वलायक क्षण नभएको भन्दै टिप्पणी गरेपछि यो रहस्य उघारिएको हो । निश्चित रकम तिरेपछि च्यानलमा आउन सकिने पनि ट्वीटरले उल्लेख गरेको छ ।
ट्वीटरमा अस्करको पेजमा भएको सूचना राख्दै ट्वीटर प्रयोगकर्ताले ५ हजार अमेरिकी डलर तिरे च्यानलमा आउन सकिने बताएका छन् । अर्थात नेपाली ६ लाख हाराहारी पैसा तिरेमा फिल्मका केही दृश्य र निर्देशकको भनाइसहित च्यानलमा राख्न सकिनेछ । सूर्याले यसरी नै पैसा तिरेर क्लिप्स राखेको धेरैको टिप्पणी छे । यो विषउमा सूर्याले भने अहिलेसम्म प्रतिक्रिया जनाएका छैनन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया