समयमै नतिजा प्रकाशन गर्न मन्त्रीको निर्देशन
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए ।
“कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ, नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो ‘फास्ट ट्र्याक’बाट नतिजा निकाल्नुस्”, उनले भने ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको मन्त्रीलाई जानकारी गराए । मानविकी सङ्कायमा विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो । सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र नतिजा निकाल्ने बताए ।
उनले पुराना कर्मचारी अवकास हुँदा नयाँ कर्मचारीलाई ‘सिस्टम’ सिक्न एक वर्ष लाग्ने बताए । उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया