शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं–१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–२३ का मुन्नाप्रसाद यादवलाई  प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । किशोरीलाई डर देखाएर जबरजस्ीती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको थियो ।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेकोे छ ।