कोभिडका कारण वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द

सुर्खेत - कोभिड– १९ को ओमिक्रोन भाइरसको सङ्क्रमण बढ्न थालेपछि वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले अनिश्चित कालका लागि वीरेन्द्रनगरका मुख्य पर्यकीयस्थल बन्द गरेको हो ।
नगर विकास समितिले अर्को सूचना जारी नहुँदासम्म बुलबुले उद्यान, काँक्रेविहार र शहीद पार्क बन्द गरेको जनाएको छ । समितिका सदस्य सचिव एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा पर्यटकीयस्थलमा सार्वजनिक बिदाको दिनमा बाक्लो भीड हुने हुँदा सङ्क्रमण फैलिन नदिन प्रवेशमा रोक लगाइएको बताए ।
साथै मुख्य शक्तिपीठ देउतीबज्यै मन्दिरमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरी पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार सुर्खेतमा कोरोनाका ६०० सक्रिय सङ्क्रमित छन् । तीमध्ये ८० प्रतिशत भन्दा बढी सङ्क्रमित वीरेन्द्रनगर नगरपालिकाका रहेको जनाइएको छ । रासस

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया