बतास ग्रुपले सम्झौता उल्लंघन गरेको भन्दै मन्त्री आलेले बनाए छानबिन समिति

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिस्थित धर्मशालामा बतास ग्रुपले सम्झौता उल्लंघन गरेर काम गरेको भन्दै छानबिन समिति गठन गरेका छन् । नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल आनन्द सञ्चालन गर्दै आएको छ । त्यसमा सम्झौता उल्लंघन गरेको भन्दै मन्त्री आलेले बतास समूहमाथि छानबिन अघि बढाएका हुन् ।
यसअघि पनि बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा सम्झौता विपरीत रेस्टुरेन्ट निर्माणको काम गरेको भन्दै आलेले छानबिन समिति गठन गरेका थिए ।
पशुपतिस्थित धर्मशालाको ‘लिज आउट’ प्रकरणमा बतास समूहले सम्झौता विपरीत काम गरेको आरोप लगाउँदै आलेले छानबिन समिति गठन गरेका हुन् । आलेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा, पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे र देवीप्रसाद बराल रहेको तीन सदस्यीय समिति गठन गरेका छन् । उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया