मनाङ भित्रने सबैलाई खोप कार्ड अनिवार्य

लमजुङ- हिमाली जिल्ला मनाङमा जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका एक जना सक्रिय संक्रमित रहेको जिल्लामा कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई कडाइ गरिएको हो ।
बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार जिल्ला कोडिभ–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना संक्रमण रोक्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।
मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । मनाङमा साढे ४ महिनामा आइतबार एक जना कोरोनाका बिरामी रहेका छन्। मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया