चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे

सिमकोट- हुम्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको शव चार दिनपछि आफन्तले बुझेका छन् । शव वुझेसँगै आजै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।
सिमकोट गाउँपालिका वडा नम्बर पाँचकी सलिना कामीको शल्याक्रिया पछि मृत्यु भएको थियो भने शल्यक्रिया गरेको दिन नवजात शिशुको मृत्यु भएको थियो ।
माइती पक्षले छोरीको मृत्यु भएको विषयमा बुझेरमात्र शव उठाउन दिने भनेपछि चार दिनसम्म शव उठेको थिएन ।
माइतीपक्ष सँग कुरा मिललेपछि आज कामीको शव आफन्तले बुझेर अन्त्यष्टि गरेका हुन् । हुम्लामा अस्पतालको प्रसूति गृहमा शल्यक्रियापछि बच्चा जन्माएकी सुत्केरीको पहिलो पटक मृत्यु भएको हो ।
हिमपातका कारण जुम्लाबाट मृतकका बाबु हुम्ला आउन नसक्ने भएकाले छोरीको शव उठाए फरक नपर्ने र माइती पक्षबाट कुनै किसिमको बाधा अड्चन नहुने भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामार्फत मन्जुरीनामा पठाएकाले पोष्टमाटम गरेर शव आफन्तले उठाएका हुन् ।
जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी र्नकफ एक वर्ष अगाडि हुम्लामा विवाह भएको थियो । बच्चा जन्माउने क्रममा उनको निधन भएपछि माइती पक्षले घटनाबारे नबुझी शव उठाउन नदिने बताएपछि समस्या भएको थियो ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया