दाङमा खोप पर्याप्त, सिरिन्ज अभाव

दाङ- कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोनाविरुद्धको अतिरिक्त थप एक डोज खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
दोस्रो डोज वा जोन्सन एण्ड जोन्सन खोप लगाएका ६ महिना पुरा भएका अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई अहिले पहिले लगाएको खोपको थप अतिरिक्त एक डोज खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।
यही माघ १४ गतेपछि ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप लगाइने उनको भनाई छ । त्यसैगरी, जनप्रतिनिधि, सरकार कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पछि छिट्टै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पतालबाट अतिरिक्त खोप लगाउने तयारी गरिएको कार्यालय प्रमुख शाहीले जानकारी दिए ।
अग्रपंक्तिमा खट्ने र लक्षित वर्गलाई खोप लगाउन करिब ४० हजार डोज खोप रहेको कार्यालयको भनाई छ । यसैबीच खोप पर्याप्त भए पनि अहिले दाङमा सिरिन्ज अभाव भएको छ । सिरिन्ज अभाव भएकै कारण अतिरिक्त खोप कार्यक्रमलाई तीव्रता दिन केही समस्या भएको प्रमुख शाहीले बताए । अबको एक हप्ता भित्र सिरिन्ज आउने प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया