जुम्लामा स्वास्थ्य सामग्री जुटाउँदै

जुम्ला – कोरोनाभाइरसको तेस्राे लहर लड्न जुम्लाका सरोकारवालाको टोलीले स्वास्थ्य सामग्री जुटाउन थालेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति लागायत विपद् सम्बन्धी काम गर्ने संस्थाहरूले स्वास्थ्य सामग्री जुटाउन थालेका हुन् ।
सोमबार जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं अध्यक्षतामा बसेको बैठकले विपद् क्षेत्रमा जिल्लामा कार्यरत संघसंस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आह्वान गरेकाे छ ।
जिल्ला व्यवस्थापन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, पीपीसेटसहितका स्वास्थ्य सामग्री अभाव भएकाले सहयोग गर्न अनुरोध गरेकी छन् । उनले मौज्दात सामग्री जति तत्काल वितरण गरिने बताइन् ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया