हिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु, ७६ घाइते

काबुल - अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरूले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।
तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरूले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरूमा क्षति पुगेको पनि जनाएका छन् । पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरूको भनाइ छ । उनीहरूले हिमपातबाट प्रभावितहरूलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराइएको पनि उल्लेख गरेका छन् ।
प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरूलाई खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीहरूले बताएका छन् । प्रभावितहरूलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविर बनाएर राखिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया