कर्मचारीमा कोभिड देखिएपछि प्रशासनको सेवा बन्द

काठमाडौँ - जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै त्यहाँबाट प्रवाह हुँदै आएका अत्यावस्यकबाहेकका सेवा बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै आज (सोमबार)देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिए ।
कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको, केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको र अन्य केही कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा÷अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था दर्ता÷नवीकरण, हातहतियार नवीकरणजस्ता सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सहायक प्रजिअ शर्माले बताए । रासस

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

प्रतिक्रिया