काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

काभ्रे - मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोभिड संक्रमण देखिएपछि कार्यालयको सेवा पाँच दिनका लागि स्थगित गरिएको छ ।
कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ । कोभिडको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् ।
संक्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भिडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गर्दै यसको परिपालना गर्नसमेत कडाइ गर्न थालेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्ममा एक हजार ३०३ जना संक्रमित भएका छन् । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया