प्रादेशिक अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने

बुटवल - कोरोना सङ्क्रमित पत्रकारहरूका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच सम्झौता भएको छ।
आईतवार अस्पताल परिसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलका बीचमा उपचार सम्झौता भएको थियो।
सम्झौताअनुसार पत्रकारहरूलाई मात्र पिसीआर परीक्षण निःशुल्क गर्ने, कोरोना सङ्क्रमित एचडियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ बेड निःशुल्क उपलब्ध गराउने, कोरोना सङ्क्रमित आईसियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निःशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ।
सम्झौतापछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेस्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछि सेवा व्यवस्थापन गरिएको बताए । उनले आफ्नो कार्यकालमा पत्रकारहरूको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गरिने आश्वासन समेत दिएका थिए।
धन्यवाद ज्ञापन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुविधा पाईनेमा आशा ब्यक्त गरेका थिए । उनले महासंघले सधै पत्रकारको हित र रक्षाको क्षेत्रमा काम गर्ने बताएका थिए ।

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

प्रतिक्रिया