धेरै कमाउनेमा ‘पुष्पा’ पहिलो, सूचीमा जम्मा दुई हिन्दी फिल्म

मुम्बई - सन् २०२२ को पहिलो महिना सकिएसँगै अघिल्लो वर्ष सर्वाधिक कमाउने फिल्मको सूची सार्वजनिक भएको छ । सूचीमा तेलगु फिल्म पहिलो नम्बरमा छ । डिसेम्बर १७ मा प्रदर्शन भएको यो फिल्म अहिले छैटौँ हप्तामा चलिरहेको छ र यसले महामारी र ओटीटीमा सार्वजनिक हुनुका बाबजुद आश्चर्यजनक कमाइ गरेको छ ।
हलमा लागेको १ महिनामै अमेजन प्राइममा सार्वजनिक भएको यो फिल्म अहिले पनि खुलेका धेरै हलमा चलिरहेको छ । सार्वजनिक तथ्यांकअनुसार फिल्मले अहिलेसम्म २ सय ३४ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ र अघिल्लो साल प्रदर्शन भएका फिल्ममध्ये यसको आम्दानी सबैभन्दा बढी हो ।
‘पुष्पा’ले यो रेकर्ड बनाउनुअघि सबैभन्दा धेरै कमाउनेमा अक्षयकुमार र कट्रिना कैफ अभिनीत ‘सूर्यवंशी’ थियो । तर ‘पुष्पा’ले यसलाई उछिनेको हो । ‘सूर्यवंशी’ ले २ सय ३१ करोड ७० लाख कमाइ गरेको छ ।
उत्कृष्ट १०को सूचीमा अधिकांश दक्षिण भारतीय फिल्म छन् भने जम्मा दुई हिन्दी फिल्म यो सूचीमा अटाएका छन् । तथ्यांकअनुसार ‘सूर्यवंशी’ पछि रनवीर सिंहको क्रिकेट ड्रामा ‘८३’ पनि धेरै कमाउने फिल्मको सूचीमा सामेल छ ।
यो फिल्मले ८६ करोड कमाइ गरेको आँकडा छ । तर दुई अर्ब हाराहारीको फिल्म नराम्ररी डुबेको चर्चा छ । यो फिल्म ९ औँ नम्बरमा छ । यो सूचीको तेस्रो स्थानमा हलिउड फिल्म ‘स्पाइडरमेन : नो वे होम’ पर्न सफल भएको छ । यो फिल्मले २ सय २६ करोड आम्दानी गरेको हो ।
हेर्नुस् सूची
1. पुष्पा : रु. 234 करोड़
2. सूर्यवंशी : रु. 231.70 करोड़
3. स्पाइडर-मैन: नो वे होम : रु. 226 करोड़
4. मास्टर : रु. 209.60 करोड़
5. वकील साहब : रु. 119.90 करोड़
6. अखंड : रु. 103 करोड़ लगभग
7. अन्नात्थे : रु. 102.50 करोड़
8. उप्पेना : रु. 93.30 करोड़
9. 83 : रु. 86 करोड़
10. डॉक्टर : रु. 81.60 करोड़

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया