खोटाङमा थपिए ३५ संक्रमित, तीन जना संक्रमणमुक्त

खोटाङ - खोटाङमा एकैदिन ३५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । आइतबार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनालाई कोभिड संक्रमण पुष्टि भएको हो । यस्तै, तीन संक्रमित कोभिड संक्रमणमुक्त पनि भएका छन् । कोभिड–१९ को तेश्रो लहरपछि कोभिड संक्रमण भएर निको हुनेको संख्या चार पुगेको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकलपर्सन भिष्म पाण्डेले बताए ।
चार जना संक्रमणमुक्त हुँदा जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार आठ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६ सय १२ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलव्ध छ । यस्तै, एक थान भेण्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को प्रथम र दोश्रो लहरमा जिल्लाका तीन हजार ४१ संक्रमितले कोभिड जितेका थिए । यस अवधिमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोभिड संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया