महामारीमा बालश्रमिकको संख्या बढ्यो, गरिबीले जायजेथा बेच्दै

काठमाडौँ- मुलुकभर कोभिड-१९ संक्रमणका कारण बालश्रमिक बढेको पाइएको छ । युनिसेफ नेपालको सहकार्यमा शेयरकाष्ट ईनिशियटिभले विभिन्न समयमा गरिएको लकडाउनमा गरिएको सर्वेक्षणमा बालश्रमिकको संख्या वृद्धि भएको हो । पहिलो पटक मुलुकमा पहिलो चरणको कोभिड संक्रमण देखा परेपछि वि. स २०७६ चैतको पहिलो सातामा लकडाउन गरिएको थियो ।
महामारी सुरु भएपछि १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिका भएका घरमा कोभिड महामारीले उत्पन्न गरेको समस्याको बारेमा युनिसेफ नेपाल र शेयरकाष्ट ईनिशियटिभले विभिन्न चरणमा टेलिफोन माध्यमबाट 'चाइल्ड एण्ड फ्यामिली ट्रयाकर' नामक सर्वेक्षण गरेको थियो ।
संस्थाले करीब ६ हजार परिवारका अभिभावकसँग सर्वेक्षण गरेको थियो । अन्तर्वार्तामा जनजीविका, स्वास्थ्य तथा सरसफाइ, बालबालिकाको शिक्षामा पहुँच, बालबालिकाको पोषण, स्वास्थ्योपचार, स्तनपान र गर्भवती महिलाको अवस्था जस्ता विषय समेटेर प्रश्न गरिएका थिए ।
महामारीअघि विद्यालय जाने बालबालिकाको संख्या ३० प्रतिशतभन्दा बढी रहेको थियो । सन् २०२० को मार्च महिनामा भएको लकडाउन पछिको एक महिनामा ८ प्रतिशत बालबालिकाहरूले घरपरिवारलाई सहयोग गर्न काम गर्ने गरेको सर्वेक्षणमा खुलेको छ । केही समययता मुलुकमा बालश्रमिकको संख्या घटे पनि विभिन्न समयमा गरिएको सर्वेक्षणले श्रम गर्ने बालबालिकाको संख्या बढिरहेको छ ।
सर्वेक्षणमा सहभागी ८४ प्रतिशत उत्तरदाताले महामारीबाट सुरक्षित रहन चाडपर्वको समयमा मास्क नियमित लगाउने गरेको बताएका थिए । सन् २०२१ नोभेम्बर सम्म ७१ प्रतिशतले कोभिड विरुद्धको खोप लगाएको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा १५ प्रतिशत सहभागीले समुदायमा महिला तथा बालबालिका माथि हिंसा वृद्धि भएको जनाएका छन् । महामारीको समयमा महिला तथा बालबालिकामाथि हिंसात्मक घटना वृद्धि हुँदै गएको छ ।
महिला विरुद्धको हिंसात्मक घटनामा घरेलु हिंसा, चिच्याउने र अपमान तथा धम्की दिने जस्ता कार्यहरू प्रमुख छन् । बालिकाहरूलाई बालविवाह गर्न बाध्य भएका र शिक्षामा भेदभाव भोग्दै छन् । बालकहरूले आर्थिक शोषणका साथै शारीरिक हिंसा र धेरै गाली समेत पाएको सर्वेक्षण उल्लेख गरेको छ । महामारी सुरु भएपछि आर्थिक र खाद्यान्न अभावका कारण पाँचमध्ये एकभन्दा बढी घरपरिवारले खानाको लागि संघर्ष गरिरहेका छन् । सन २०२१, नोभेम्बरमा
गरिएको सर्वेक्षणमा अभिभावको जवाफअनुसार २१ प्रतिशतले भरपेट खानका लागि दैनिक संघर्ष गरिरहेको छन् । ११ प्रतिशत परिवार र उनका बालबालिकाले पहिलाको तुलनामा कम खाना खान पाइरहेको सर्वेक्षणले उल्लेख गरेको छ ।
महामारीको कारण ८० प्रतिशत बालबालिकाहरू पढाइमा कमजोर भएका छन् । ६० प्रतिशत अविभावकहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउन निश्चिन्त भएका छन् ।
अपाङ्गता भएका बालबालिकाहरूका लागि भर्चुअल सिकाइका क्रममा गृहकार्य गर्न चुनौती रहेको छ । सिकाइका क्रममा उनीहरू पछि पर्ने सर्वेक्षणले जानकारी दिएको छ । ६२ प्रतिशत अभिभावकहरूले बालबालिकाहरूको विद्यालयमा हात धुने सुविधा भएको र केवल २५ प्रतिशतले मात्र विद्यालयका कक्षा कोठाहरूमा शारीरिक दूरी अभ्यास गरेका छन् ।
सन् २०२० को जुलाईमा गरिएको सर्वेक्षणमा ६० प्रतिशत बालबालिका भएको घरपरिवारले आम्दानी र जिविकोपार्जनका माध्यम गुमाएका थिए । विभिन्न समयमा गरिएको सर्वेक्षणहरूले केही सुधार भए पनि परिवारमगरिबीतिर धकेलिने जोखिम बढ्दै गएको छ । सन् २०२१ अन्त्यतिर आइपुग्दा गरिबीको जोखिम झन बढ्ने उक्त परिवारको संख्या ३० प्रतिशत पुग्ने देखिएको थियो ।
तीन वटा परिवार मध्ये एक परिवारको आर्थिक सहायताको खोजीमा छन् । परिवारको मुख्य आवश्यकतामा आर्थिक सहायता, रोजगारी, खाद्यान्न तथा औषधी छन् ।बचत गरेको रकम सकिएकाले सरसापटी गरेर जिविकोपार्जन भइरहेको र धेरै परिवार ऋणमा रहेकाले सम्पत्ति बेचबिखन गर्न बाध्य भएका छन् ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया