अब बाजुरामा कोभिड परीक्षण निःशुल्क

बाजुरा - बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेकाे छ । जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोभिड परीक्षण निःशुल्क भइरहेकाे अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए । अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो ।
सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसकेको छ । जसमध्ये ५० जनामा पोजेटिभ देखाएको छ । अन्यत्र सरकारी अस्पतालमा पीसीआर जाँच गरेको आठ सय र निजीमा दुई हजारभन्दा बढी लाग्ने गरेको छ ।
कोभिडको शंका लागेका र परीक्षण गर्ने पैसा नभएका बिरामीको निःशुल्क परीक्षण गरेको अस्पतालका प्रमुख जोशीले बताए । एक पटक पोजेटिभ आएपछि पटक पटक परीक्षण गर्नु पर्ने भएकाले निःशुल्क गर्दा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको स्थानीय बलबहादुर रोकायाले बताए ।
यसअघि कोभिड परीक्षण गर्नु परे धनगढी, डोटीलगायत जिल्लामा जानुपर्ने बाध्यता समेत थियो । पीसीआर ल्याब सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकारले लगानी गरेको हो ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया