बेलायतमा देखियो ओमिक्रोनको सहप्रजाति, ४०० भन्दा बढी संक्रमित

लन्डन - बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।
यसअघिका विश्लेषणले नयाँ सहप्रजाति ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको थियो, तथापी वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् । सहप्रजातिलाई भेरियन्ट अफ कन्सर्न भने घोषणा गरिएको छैन् ।
सहप्रजातिबारे थप विश्लेषण गरिने युकेएचएसएले जनाएको छ । सहप्रजातिले आगामी साता बेलायतको महामारीलाई कसरी आकार दिन्छ भन्ने बारेमा प्रष्ट हुन बाँकी छ । सहप्रजातिले महामारीलाई कस्तो स्वरुपमा लैजान्छ भन्ने बारेमा विज्ञहरुले थप अनुसन्धान गरिरहेको युकेएचएसएका निर्देशक डा. मिरा चन्दले बताइन् ।
बेलायतमा सरकारले काेभिड प्रतिबन्धलाई खुकुलाे पार्ने तयारी गरेकाे छ । अब सार्वजनिक स्थलमा मास्कबिना नै हिँडडुल गर्न पाइने भएकाे छ । एजेन्सी

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया