मधेस प्रदेशले ‘चुच्चे नक्सा’ राखेर राजपत्र सच्चायो
काठमाडौँ - तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ ।
मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक त्रुटि सच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका छन् ।
गत ३ माघमा प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो । सो बारे जानकारी दिने भन्दै प्रदेश सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो, जसको सार्वजनिक सामाजिक सञ्जालमार्फत झाले गरेका थिए ।
पहिलो प्रकाशित राजपत्रमा सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्थामा पनि मधेस प्रदेशले पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गरेपछि आलोचना भएको थियो ।

स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर…

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रतिक्रिया