पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न समिति गठन

काठमाडौँ - पत्रकार एलबी विश्वकर्माको मृत्युबारे अध्ययन गर्न सिभिल अस्पतालले छानबिन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए ।
छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । पत्रकार विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानबिन गरिरहेको अधिकारीले जानकारी दिए ।
पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानबिनका लागि माग गर्दै आएका थिए ।
पत्रकार एलबीलाई समयमै अस्पताल पुर्याएपनि झण्डै चार घण्टासम्म सिभिलले भर्ना नलिएको र आर्थिक अभावमा पाटन अस्पताल रिफर गर्दा बाटैमा ज्यान गएको आरोप छ ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया