स्वस्तिमाको मलयाली डान्सबाट के कुरा बुझ्न पर्च ?

काठमाडौँ - नेपालमा समेत सुटिङ भएको मलयालम फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको पनि अभिनय रहने कुराले स्वस्तिमाका फ्यान दंग थिए । केही दिनअघि फिल्मको ट्रेलरमा स्वस्तिमालाई दुई सट देख्दा मात्र पनि स्वस्तिमाले दक्षिण भारतमा नेपालको नाम चम्काउन लागेको भन्दै फ्यानले प्रशंसा गरेका छन् ।
निर्माण टिमले ट्रेलरपछि स्वस्तिमालाई मात्र फिचर गरेको आइटम गीतको टिजर सार्वजनिक गर्यो र अहिले पूरा गीत । तर पूरा गीतले मलयालममा के गर्ला थाहा छैन नेपालमा भने हल्का तरंग सिर्जना गरेको छ । पहिलो त मलयालम फिल्ममा स्वस्तिमा हिन्दी गीतमा नाचेकी छिन् ।
ट्रेलर र गीतको पृष्ठभूमि हेर्दा लाग्छ, केरलाबाट घुम्न आएका भारतीय नेपालमा वेश्यालय खोज्दै स्वस्तिमा नाच्ने ठाउँमा आइपुग्छन् र त्यहाँ भोग्नका लागि राखिएका तस्बिर हेर्दै मन परेको युवती छान्छन् ।
केही अघिसम्म यस्ता तस्बिर राख्ने ठाउँमा निर्माण टिमले नेपाली अभिनेत्री अदिती बुढाथोकी र जसिता गुरुङको तस्बिर राखेको थियो । यो सम्बन्धमा समाचार आएपछि निर्माण टिमले दुवै अभिनेत्री भएको भाग हटाइसकेको छ । तर सामाजिक सञ्जालमा स्वस्तिमा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाच्न कसरी राजी भइन् भन्ने प्रश्न उठेको छ ।
सामाजिक सञ्जालमा उठेका प्रश्न नाजायज पनि होइनन् । पहिलो कुरा त गीतले नेपालमा केटीहरु भोग्नका लागि छानी छानी पाइने देखाएको छ । यो त नेपालको गलत छवि पेस गर्ने दृश्य भयो ।
मलयाली निर्देशकले यस्तो कल्पना गरे होलान् तर स्वस्तिमाले यस्तो सन्देश दिनु हुँदैन भनेर रोक्न पर्दैन ? यस्ता गीत खेल्दिनँ भन्न पर्दैन ? पाएँ भन्दैमा अलकत्रै खाइदिने । कि उनले प्रकाश सपुतको गीतमा झैँ ‘कुरा बुझ्न पर्च’ भनेर नारी अधिकारका कुरा मात्र गरेर पुग्छ ? सामाजिक सञ्जालमा स्वस्तिमाको दोहोरो चरित्रमाथि प्रश्न उठेको छ । हेर्नुस् स्वस्तिमाको नृत्य :

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया