बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

महालक्ष्मी विकास बैँकको दोश्रो त्रैमासको वित्तीय विवरण

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गर्री बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसैगरि गत आर्थिक वर्षको पौष मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले बृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकले उल्लेख्यरुपमा खराब कर्जा घटाई गत बर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिनतर्फ उन्मुख रहेको देखिन्छ ।