जन्मदिनमा नेफ्टा अध्यक्षले गरे प्राविधिकलाई आर्थिक सहयोग

काठमाडौँ -नेपाल प्राविधिक संघ ( नेफ्टा) का अध्यक्ष पुष्कर लामाले जन्मदिनको अवसरमा प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । शनिबार जन्मदिन परेका उनले पार्टी गर्ने पैसा आर्थिक कठिनाइ झेलिरहेका चार प्राविधिकलाई दिएका हुन् ।
उनले बारम्बारको महामारीले प्राविधिकलाई जीवन धान्न कठिन भएकाले आफूले फजुल खर्च नगरी उनीहरूलाई सहयोग गरेको बताए । उनले ४ जना प्राविधिकलाई ४ हजारको दरले सहयोग गरेका थिए ।
‘अघिल्ला वर्षहरूमा साथीभाइसँग केक काटेर रमाइलो गरिन्थ्यो । महामारीका कारण यो क्षेत्रका प्राविधिकहरू कत्तिको चुलो नबलने अवस्था छ । यस्तोमा मलाई रमाइलो गर्न मन लागेन,’ उनले भने, ‘बरु यो पैसा सहयोग गर्न मन लाग्यो । त्यसैले दयनीय आर्थिक अवस्था भएका चार जनालाई सानो सहयोग गरेको हुँ ।’
उनले आर्थिक सहयोग संघकै कार्यालय डिल्लीबजारमा हस्तान्तरण गरेका थिए । लामाबाट आर्थिक सहयोग पाउनेमा स्पट ब्वाईदेखि लाइटमेनसम्म थिए । उनीहरूले अध्यक्षले दिएको रकम आफूलाई संकटको समयमा लाख रहेको प्रतिक्रिया दिएका थिए । पुष्कर लामा दुई कार्यकालदेखि अध्यक्ष रहँदै आएका छन् । त्यसअघि पनि उनी संघमा उपाध्यक्षको जिम्मेवारीमा थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया