लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ

जनकपुरधाम- प्रहरीले सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान श्रीमती पक्राउ परेका छन् ।
जिल्लाको हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार श्रीमान श्रीमतीलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले बताएका छन् ।
पक्राउ पर्नेमा बागमती नगरपालिका(१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारी रहेको जनाइएको छ ।
पक्राउ परेका साथबाट प्रहरीले ५ किलो गाँजा बरामद गरिएको र दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकी जनाए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया