अमेरिकाबाट आएको भुटानी क्लबको नेपाल यात्रामा पूर्णविराम, एपीएफ सेमिफाइनलमा

काठमाडौँ- विभागीय टिम नेपाल एपीएफ क्लब पोखरामा जारी आहा–रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनलमा एपीएफले अमेरिकाबाट आएको भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाईएससी) टिमलाई ३–१ ले पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । ए डिभिजन क्लब एपीएफसँग हारेसँगै बीवाईएससीको नेपाल यात्रा भने पहिलो खेलबाट सकिएको छ ।
आफ्नो पहिलो खेलमा आयोजक सहारा क्लबलाई पराजित गरेको एपीएफ प्रि–क्वार्टरफाइनलको खेलमा एक गोलले पछि परेको थियो । ४९ औँ मिनेटमा बीवाईएससीका मेगल पालाफोक्सले गोलको खाता खोलेका थिए । तर ७० औँ मिनेटमा आभाष लामिछानेको गोलमार्फत खेलमा फर्किएको थियो । त्यसपछि रवी थिङले८४ औँ र आतिरिक्त समयमा लगातार गोल गरेपछि एपीएफले पुनरागमन जित दर्ता गर्यो ।
एपीएफले सेफिाइनलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितामा ए डिभिजनका आठसहित कुल १० टिमले भाग लिएका छन् । प्रतियोगिता जित्ने टिमले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया