कोभिडले एकैदिन १६ जनाकाे मृत्यु, १० हजार संक्रमित

काठमाडौँ : नेपालमा शनिबार १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ४ सय ६२ पिसिआर परिक्षणका क्रममा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ एन्टीजेन परिक्षणका क्रममा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १६ हजार ८ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ७ सय ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख २० हजार २ सय ८३ संक्रमित निको भएका छन् । हाल नेपालमा ७२ हजार ८ सय ६२ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया