यमनमा ७० जनाको मृत्यु हुने गरी भएको हमलाको राष्ट्रसंघले गर्यो निन्दा

साना- राष्ट्रसंघले यमना भएको हवाई हमलाको निन्दा गरेको छ । यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जनाको मृत्यु भएको थियो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गर्दै यमनमा जारी तनाब अन्त्य हुनु पर्ने बताएका छन् । सो हमला साउदी नेतृत्वको गठबन्धन समूहले गरेको अनुमान गरिएको छ । समूहले यमनमा हुथी विद्रोहीविरुद्ध सन् २०१५ देखि हमला गर्दै आएको छ । तर, गठबन्धनले सो हमलामा आफ्नो संलग्नता नभएको बताउँदै आएको छ ।
हुथी विद्रोही र साउदी गठबन्धन समूहबीच जारी युद्धमा बालबालिकासहित दशौं हजार सर्वसाधरण मारिएका छन् । युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् । खडेरीका कारण यमनका लाखौं मानिस खडेरीको चपेटामा परेका छन् । एजेन्सी

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया