कर्णाली प्रदेश अस्पतालका ५० बढी कर्मचारीलाई कोभिड संक्रमण

सुर्खेत– कर्णाली प्रदेश अस्पतालका ५० बढी कर्मचारीमा कोरोना पोजेटिभ भएको छ । निर्देशक डा. डम्बर खड्काले अस्पतालका धेरैजसो कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
अस्पतालका कार्यालय सहयोगी, नर्सिङ, अप्रेसन थिएटरका कर्मचारीमा कोरोना संक्रमण देखिएको उनले बताए । निर्देशक खड्का प्रदेश अस्पतालमा दरबन्दी अनुसार कर्मचारी अभाव भएको बताउँछन् । उनी भन्छन, ‘हामीले सामाजिक विकास मन्त्रालयसँग कर्मचारी माग गरिरहेका छौं । मन्त्रालयले पनि त्यसको तयारी थालिसकेको छ ।
उनले कोरोना संक्रमणको तेस्रो लहर नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी तीव्र पारिएको जानकारी दिए । ‘हाम्रो एक सय ३९ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । आईसीयू बेडहरुमा पनि अभाव नहुने तरिकाले व्यवस्थापन गरिएको छ ।’ खड्काले भने, ‘अन्य औषधि, सामग्री, बिरामीलाई खानाको व्यवस्थापन लगायतका विषयमा पनि प्रदेश सरकारसँग रकम माग गरेका छौं ।’
अब स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरेर सबैको सहकार्यमा कोरोना रोकथाम तथा नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । ‘सबैभन्दा पहिला त व्यक्ति आफू सचेत हुन जरुरी छ । मान्छे जिम्मेवार छैनन्,’ उनले भने, ‘त्यतिकै बजारमा घुमघाम गरिरहेको पनि देखिन्छ ।’

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_MULYYg7Qrp_qpsa4614zqzwjiqhrpr68bu68lbqie4tvxiqo4zsvc3grm0omju0fiqinquc.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया