कोभिडले बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु
सुनसरी : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । बुधबार नै उनमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए । यस्तै सिरहा नगरपालिका–१ का ८० वर्षीय पुरुषको पनि शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
आन्द्रामा समस्या भएका उहाँको पुस २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना हुनुभएका ८० वर्षीय वृद्धको उपचारको क्रममा बिहीबार ११ः३५ बजे मृत्यु भएको हो ।
यस्तै महोतरीका श्रीपुर–३ का ३० वर्षीय युवकको बिहीबार राति ११ बजे उपचारको क्रममा मृत्यु भएको छ । माघ ५ गते पतिष्ठानमा भर्ना भएका ती युवकको सोही दिन कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनीहरूको दाहसंकारका लागि शव व्यवस्थापनको काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिए । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया