आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

घाँस काट्न चढेको रुख ढल्दा युवाको मृत्यु

फाइल फोटो

दाङ : देउखुरीमा रुखले च्यापेर एक युवाको मृत्यु भएको छ । मृत्युहुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ३३ वर्षीय सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बिहान साढे सात बजेको समयमा घर नजिकैको जङ्गलमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको परिवारले जानकारी दिएका छन् । सन्तोषका दाजु स्वामी यादवले भाइलाई रुखले च्यापेको देखेपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा भाइको मृत्यु भएको जानकारी दिएका हुन् । 

रुखले च्याप्दा मृतक यादवको दाहिने खुट्टा पनि भाँचिएको छ । मृतक यादवको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस