तीनै तहको चुनाव एकैपटक गर्ने सत्तारुढ गठबन्धनको निष्कर्ष
संवैधानिक जटिलताका विषयमा विज्ञसँग थप छलफल गर्ने

काठमाडौं : सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका बिषयमा संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि छलफल भएको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर सबै निर्वाचन एकैपटक गर्ने बिषयमा छलफल सुरु गरेको कार्कीले बताए । उनले संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको दाबी गर्दै त्यसलाई कसरी मिलाउने बिषयमा पनि छलफल भएको जानकारी दिए।
दलहरुबीच निर्वाचनको बिभिन्न बिकल्पमाथि पनि छलफल भएको नेताहरुले जनाएका छन् । केही दिनमा नै निर्वाचनका बिषयमा टुङ्गो लाग्ने कार्कीको भनाइ छ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया