आहा रारा गोल्डकप : नेपाल पुलिसलाई सडेन डेथको सहारा

पोखरा – पोखरामा जारी २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस अघि बढेको हो ।
पोखरा रंगशालामा भएको रोमान्चक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा दुवै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पुलिसका तीर्थ राना मगर, निरकुमार राई, सुमन सुवेदी र भोला सिलवालले गोल गरे ।
पुलिसका कपिल ढकालले बाहिर प्रहार गरे । यस्तै शेर्पाका उर्लिच सीवेको प्रहार पोलमा लागेर फर्किदा त्रिदेव गुरुङ, आशिष गुरुङ, पिस्तोल मुतुम्बा र विश्वास श्रेष्ठले गोल गरेका थिए ।
पेनाल्टीमा ४–४ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजीले गोल गरे । तर, हिमालयनका जीवन गुरुङले गोल गरे भने पूर्णबहादुर गुरुङको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाए । पुलिसका गोलरक्षक रोशन नै म्यान अफ दी म्याच भए ।
पेनाल्टी अघि खेलको ५२ औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । शेर्पाका लागि ५९ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए । अब पुलिसले क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । शनिबारको खेल बिवाईएससी मिन्नेसोटा युएसए र नेपाल एपिएफ क्लब बिच हुनेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया