बढी शुल्क लिने शिक्षण संस्थामाथि कारवाही गरिने

काठमाडौं–गृहमन्त्री बालकृष्ण खाँण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारवाही गर्ने स्पष्ट पारेका छन्।
शुक्रबार सिंहदरबारमा बिद्यार्थी संगठनको छलफलका क्रममा गृहमन्त्री खाँणले मुलुकमा कानून नियम रहेको भन्दै कानून बाहिर गरेर क्रियाकलाप गरेको पाइने कारवाही गर्ने बताए । उनले बढी शुल्क लिने शिक्षण संस्थामाथि सरकारले अनुसन्धान सुरु गर्ने बताए ।
अनुसन्धानका साथै कारवाही प्रक्रियालाई पनि अघि बढाउने उनको भनाइ छ । उनले मेडिकल कलेजमा देखिएका समस्याहरूलाई सम्बोधन गर्न सरकारले प्रयत्न भएको तर विधि विधान बाहिर जाने कलेजलाई कानूनी कारवाहीको दायरामा ल्याएरै कारवाही हुने जिकिर गरे।
त्यस्तै, शिक्षा मन्त्री पौडेलले गत पुस ३० गते शिक्षा मन्त्रालयसँगको छलफलका क्रममा भएका सहमति कार्यान्वयन गर्न मेडिकल कजेलले अटेर गरेको देखिएकाले कारवाही हुने स्पष्ट पारे । ऐनले तोकिएभन्दा बढी शुल्क नलिने सहमति गर्ने तर कार्यान्वयन नगर्ने कलेजले सरकारलाई नटेरेको उनको भनाई छ ।
यसअघि राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएको भन्दै विद्यार्थीहरुले मन्त्रीद्वयसंग पुनः छलफल गरेको हो ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया