कट्रिना कैफ बलिउडकी १ नम्बर हिरोइन

मुम्बई - कट्रिना कैफ बलिउडकी एक नम्बर हिरोइन मानिएकी छिन् । इन्डिया टुडेले गरेको एक सर्वेक्षणले कट्रिनालाई १ नम्बर हिरोइन देखाएको छ । इन्डिया टुडेले गरेको मुड अफ दि नेसन सर्भेमा यस्तो परिणाम आएको हो ।
उनले पहिलो स्थानमा रहन ७.२ प्रतिशत मत प्राप्त गरेकी सर्वेक्षणले जनाएको छ । कट्रिनापछि दोस्रो स्थानमा दीपिका पादुकोन रहेकी छिन् । उनले ६.८ प्रतिशत मत पाउँदै दोस्रो स्थान कब्जा गरेकी हुन् । हलिउडमा धाक जमाइरहेकी प्रियंका चोपरा भने यो सूचीको तेस्रो नम्बरमा रहेकी छिन् । उनले ६.३ प्रतिशत मत प्राप्त गरेको सर्वेक्षणले देखाएको छ ।
कंगना रनावत र करिना कपुरले क्रमशः चौथो र पाँचौँ स्थान अटाएका छन् । उनीहरूले क्रमशः ४.९ र ३ं.६ प्रतिशत मत प्राप्त गरेका छन् । कट्रिनाको अघिल्लो साल ‘सूर्यवंशी’ प्रदर्शन भयो भने वर्षको अन्त्यमा उनले विक्की कौशलसँग विवाह गरिन् । दीपिकाको पनि ‘८३’ प्रदर्शन भयो तर राम्ररी चलेन । यही अवस्था कंगना र करिनाको पनि रह्यो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया