जनकपुरमा कोभिड विशेष अस्पताल सञ्चालनमा
जनकपुर –पछिल्लो समय कोभिड–१९ समुदायस्तरमा तीव्र गतिमा फैलिएपछि जनकपुरमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना विशेष अस्पताल सञ्चालन गरेको हो ।
कोरोना विशेष अस्पतालमा एक सय शय्या रहेको छ । अस्पताल सञ्चालनमा ल्याएको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको जानकारी दिए।
अस्पतालमा अहिले पनि बिरामीले उपचार गराइरहेका छन्। अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत जडान गरिएको उनले बताए।
प्रदेश सरकारबाट वार्षिक १० करोड रुपैयाँ अनुदानमा सञ्चालित सो प्रतिष्ठानले अघिल्लो कोरोनाकालमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया