वैशाखदेखि फ्लोरमा मीन भामको ‘चिसो वर्ष’

काठमाडौं : मीन भामको बहुप्रतीक्षित चलचित्र ‘चिसो वर्ष’ वैशाखदेखि फ्लोरमा जाने भएको छ । वैशाखदेखि फ्लोरमा जाने गरी फिल्मको प्रिप्रडक्सनको काम भइरहेको मीन भामले बताए । ‘फिल्मको कास्टिङ सकियो । अबको नयाँ वर्षबाट फ्लोरमा जान्छौं । अहिले धमाधम प्रिडक्सनको काम भइरहेको छ । केही समयपछि हामी सम्पूर्ण जानकारी बाँड्छौं,’ उनले भने ।
मीनले ५ वर्षअघि यो फिल्म बनाउने घोषणा गरेका थिए । तर पर्याप्त बजेट नहुँदा फिल्मको सुटिङ सुरु हुन सकेको थिएन । यो बीचमा फिल्मले कान्स, लोकार्नो, एसियन सिनेमा फन्ड, टोरिनो, पुन्टो ल्याब आदिबाट ३ करोडभन्दा बढीको फन्ड जितेको थियो । ‘चिसो वर्ष’को कथा आफ्ना हराएका श्रीमान खोज्न लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालय लामो यात्रामा केन्द्रित । यात्राकै क्रममा दुवैको जीवनमा आउने परिवर्तन फिल्मको मुख्य सार रहेको मीनले बताए ।
यही सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन् । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ । मीन भामले निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले यसअघि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । मीनले यो फिल्मका लागि विदेशका अन्य ८ निर्मातासँग सहकार्य गरिरहेका छन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया